Latest News

पाथिभरा माताको दर्शन गर्दै हेरौं आजको राशिफल

Nepalese Times June 25, 2022 (2 Year ago)    502 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भक्ति भाव पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज समान हराउन सक्नेछ । बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । आफन्तसँग भेटघाट पनि रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । वैदेशिक काम भने राम्रै होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस