काठमाडौं । पाल्पा जिल्ला समन्वय समितिमा गठबन्धनलाई हराउंदै नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
समन्वय समितिको प्रमुखमा गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई हराउँदै एमालेका टंक खनाल विजयी भएका हुन् । उपप्रमुखमा तानसेनकी कासिका गैरे र सदस्यहरुमा तानसेनकै वसन्ता ज्ञवाली, कमागथढीकी केशमाया सुनार छन् ।
त्यसैगरी रैनादेवी छहराका विष्णु घिमिरे, बगनासकालीका केशवराज खनाल, रम्भादेवीकी भवीसार सारु, पूर्वखोलाका रितमान श्रेष्ठ र निस्दीका प्रतापसिंह थापा छन् ।
यस्तै जिल्ला समन्वय समिति (जिसस) कपिलबस्तुको प्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १०–१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
उप प्रमुखमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो ।
जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी , मनोब्ब्र धुनिया, रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।
कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन् ।
यस्तैगरी सदस्यमा गोलाबाट एमालेकी सकुन्तला भन्डारी, सुमित्रा दमै र जसपाकी शन्ध्या पौडेल खाँ निर्वाचित भएका छन् । १०–१० मत आएर दुबैको परिणम समान भएको हो ।