Latest News

कांग्रेसले जिते पनि आफैंले जिते जस्तो लाग्छ : प्रचण्ड

Nepalese Times June 17, 2022 (2 Year ago)    649 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्‍यो भन्ने कुरा आफ्नो दिमागमा नरहेको भन्दै कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्ने बताएका छन्।

प्रचण्डले भने, ‘कांग्रेसले जिते पनि आफैँले जिते जस्तो लाग्छ, माओवादीले जिते पनि आफैँले जिते जस्तो लाग्छ, एमालेले जिते पनि आफैँले जिते जस्तो लाग्छ, खै मलाई के भएको हो यस्तो ? ‘

प्रचण्डले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी र इन्डो प्यासिफिक स्ट्राटिजी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा नै घुसाइएको दावी गरेका छन् ।

चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा उनले भने, ‘म हिजो एउटा कार्यक्रममा एसपीपी केपी ओलीकै पालामा भएको हो भनेर बोलेर हिडे, दिउँसो संसदमा एमालेको एक जना वरिष्ठ नेता भन्नेले खै प्रमाण देखाउ भनेछन्, त्यसको चार घण्टा पछि त त्यो कुराको पुष्टि नै भयो ।’

प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनपछि पनि अहिलेको गठबन्धन कायम रहने बताए अध्यक्ष प्रचण्डले भने ‘अहिलेको गठबन्धन प्रदेश र संघको निर्वाचन पछि शान्ति प्रकृयाका बाँकी कामसमेत पूरा गर्ने गरी अगाडि जान्छ ।’

‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो’, उनले भने, ‘ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले सम्या भएको हो।’

‘प्रचण्ड’ले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन्। शुक्रबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तो नभएको पनि बताएका छन्।

उनले एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि जिकिर गरेका छन्। ‘एमसीसी १२ बुँदा घोषणासहित पास गर्‍यौँ। तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन’, उनले भने, ‘यो खारेज हुन्छ।’

प्रतिक्रिया दिनुहोस