Latest News

अमेरिका सेना भित्र्याउन ओलीकै पालामा यी प्रधानसेनापतिले पठाएको पत्र बाहिरियो, राजनीतिमा खैलाबैला (पत्रसहित)

Nepalese Times June 16, 2022 (2 Year ago)    423 Views

स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ ।

एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए ।

तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

उनी सन् २०१५ अगस्ट ११ मा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।

बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो । तर बुधबार नै नेपाली सेनाले एक विज्ञप्ति जारी एसपीपीमा सहभागी हुन पत्राचार नगरेको जिकिर गरेको थियो ।

के छ पत्रमा ?

प्रतिक्रिया दिनुहोस