Latest News

चर्चित संचारकर्मी रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, कुन क्षेत्रबाट लड्दै छन् चुनाव ?

Nepalese Times June 16, 2022 (2 Year ago)    566 Views

ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् ।

ग्यालेक्सीको कार्यालयमा आयोजित विदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरुसँग बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताए।

लामिछाने कुनै दलमा आवद्ध भइसकेका छैनन्। उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन।

प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भइसकेको छ । विशेषगरी काठमाडौं र अरु केही जिल्लामा राजनीतिक दलकासहित स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यस्तै आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले ग्यालेक्सी टीभी छाडेका हुन् ।

बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ । टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् ।

आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए । उनले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताएका छैनन् ।  काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको चर्चा चलिरहेको  छ ।

काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा विवेकशीलका पूर्वनेता पुकार बम, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शनालगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई,सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका विद्याथीए नेता सुदेश पराजुली, नेपाली कांग्रेसका रञ्जित कर्णलगायतले काठमाडौंबाट उम्मेदवारी दिने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस