Latest News

एसपीपी सैन्य गठबन्धन हो ? यसो भन्छन् कांग्रेस प्रवक्ता महत

Nepalese Times June 14, 2022 (2 Year ago)    659 Views

काठमाडौं । अमेरिका र नेपालबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता कुनै सैन्य एलाइन्स नभएको नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रतिक्रिया दिएका छन् ।

चुनाव हारेपछि प्रतिपक्षले यसलाई बढाइचढाइ गरेर प्रोपोगान्डा शुरु गरेको भन्दै प्रजक्ता महतले (एसपीपी) सम्झौता कुनै सैन्य एलाइन्स नभएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।

सरकारले राष्ट्र हितविपरीत सम्झौता गर्न लागेको विपक्षीको आरोप लागिरहेको समयमा कांग्रेस प्रवक्त महतले यसको बचाउ गरेका हुन् । अमेरिका र नेपालबीच हुन लागेको एसपीपी सम्झौतालाई लिएर देशमा तीव्र बहस सुरु भएको छ।

चुनावमा हारेपछि बढाइ–चढाइ गरिराखिएको र यसलाई देखाएर अर्को देशको खिलाफमा जान खोजियो भनेर प्रोपोगान्डा गरेको भन्दै उनले एसपीपी त्यस्तो केही नभएको बताए ।

नेपाली कांग्रेस भारत, चीन र अमेरिकासँग राम्रो सम्बन्धको पक्षमा रहेको डा. महतले बताए । नेपाली कांग्रेस चीन र भारतसँग सहयोगको सम्बन्ध चाहने पार्टी रहेको भन्दै उनले आफूहरुको भूमि कुनै पनि देशका लागि प्रयोग हुन नदिनेसमेत बताए ।

अमेरिकाले नेपाललाई किन सहयोग गर्यो, उसको सहयोग किन लिएको भन्न नमिल्ने भन्दै उनले आफूह्रुल्े आवश्यकताअनुसार अनुदान लिने र ऋण लिनै परे सहुलियतपूर्ण ऋण लिने नीति रहेको बताए ।

अमेरिका र नेपालबीच दुई देशका सैन्य अधिकारीहरुको भ्रमण र सहयोग आदान–प्रदान हुँदै आएको बताउँदै उनले अमेरिकी सहयोगलाई स्वागत गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस