Latest News

काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का

Nepalese Times June 11, 2022 (2 Year ago)    564 Views

काठमाडौं । काठमाडाैं उपत्यकासहितका स्थानमा शनिबार सबेरै बिहान भूकम्पको कडा धक्का महसुस भएको छ। भक्तपुरको चाँगुनारायण मन्दिरको आसपासलाई केन्द्र बनेर ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको देखिन्छ।

बिहान २ बजेेर ३६ मिनेटमा काठमाडाैं उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो। रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन्।

२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन्। भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

नेपालको भूक-म्प इतिहास केलाउँदा १२१८ सालको रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूक-म्प मानिन्छ । वि सं १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७‍.७ रेक्टर स्केलको भूक-म्प गएको विज्ञहरूको भनाइ छ । यही भूक-म्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।

यो भूक-म्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूक-म्प १३१६ सालको हो । यो भूक-म्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

करीब १४९ वर्षपछि वि।सं। १४६५मा आएको भूक-म्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूक-म्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

नेपालमा अन्य थुप्रैपटक भूक-म्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूक-म्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूक-म्पको धक्का महसूस गरियो ।

यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूक-म्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूक-म्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए ।

भक्तपुरमा चाहिं यस भूक-म्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूक-म्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूक-म्पगएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूक-म्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूक-म्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूक-म्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूक-म्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूक-म्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो ।

काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूक-म्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूक-म्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूक-म्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूक-म्प गए । पानी परिरहेका बेला यी भूक-म्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

नेपालको भूक-म्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूक-म्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूक-म्पले देशलाई नराम्रो असर पार्यो ।

प्रतिक्रिया दिनुहोस