Latest News

कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ आगामी ३ दिनको मौसम

Nepalese Times June 10, 2022 (2 Year ago)    487 Views

काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थान र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आइतबार दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आइतबार  राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

प्रदेश १ र मधेश प्रदेशका धेरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस