Latest News

काठमाडौंको फोहोर उठाउन मध्यरातमा भयो यस्तो १८ बुँदे सहमति (सहमतिपत्रसहित)

Nepalese Times June 10, 2022 (2 Year ago)    572 Views

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि मध्यरातमा १८ बुँदे सहमति भएको छ । काठमाडौं महानगर र सिसडोल–बन्चरे डाँडा बीच काठमाडौंको फोहोर उठाउने सहमति भएको हो।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वार्ड अध्यक्षहरूको उपस्थित थियो भने यो समूहले केही दिन अघि भएको सम्झौता मानिरहेको थिएन।

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्नेलगायत सहमति भएको हो ।

यस्ता छन् सहमतिका बुँदाहरु

१‍.काठमाडौं महानगरपालिकाबाट बञ्चरे डाँडा कुँडुले सम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातीको समयमा गर्ने । रातीको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिना भित्र गर्ने।

२.सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौ महानगरपालिकाले एक महिना भित्र व्यवस्थापन गर्ने ।
३.फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुइ महिना भित्र वैज्ञानिक व्यवस्थापन गर्ने ।

४. फोहोर वोक्ने गाडीवाट वाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिना भित्र मिलाउने ।
५.फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने ।

६.सिसडोलको क्यापिंग गर्ने सम्बन्धमा बैज्ञानिक अध्ययन गराई प्राप्त प्रतिवेदनका आधारमा छ महिना भित्र महानगरपालिकाले कार्यान्वयन गर्ने गराउने।
७.प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण, मुआब्जा वितरण लगायतका कार्य गर्न महानगरपालिकाले नेपाल सरकारको सम्बद्ध मंत्रालय तथा निकायमा पहल गर्ने ।

८.मिति २०७९।०२।२३मा भएको सम्झौताको अतिरिक्त फोहोरमैला व्यवस्थापनमा संलग्न चालक तथा सहचालक तथा अन्य कर्मचारीहरुको महागरपालिकाले स्वास्थ्य विमा गर्ने । असाध्यै रोग लागेका प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि महानगरवासिले प्राप्त गरे सरह उपलब्ध गराउने ।

९.फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने कार्यलाई निरन्तरता दिने।

१०. फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने ।
११.प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृध्दीका लागि महानगरपालिकाले सहयोग गर्ने।

१२. फोहोरमैला प्रभावित क्षेत्र आसपासलाई सम्भव भएसम्म हरियाली क्षेत्रको रुपमा विकास गर्ने।
१३. प्रभावित क्षेत्रमा कृषि प्रवर्द्धनका कार्यक्रमहरु संचालन गर्न सहयोग पनि ।

१४. फोहोर विसर्जन स्थल र फोहोर लैजाने बाटोमा उत्पन्न हुने पहिरो HTS) महानग नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने ।
१५ प्रभावित क्षेत्रमा आवत जावत गर्ने तीनपिप्ले गल्छी बैकल्पिक राजमार्गको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने ।

१६. तीनपिप्ले देखि बञ्चरे डाडाँसम्मको हाल फोहोर दवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने ।
१७, मिति २०७९।०२।२७ गते देखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाई सुचारु गर्ने ।
१८. मिति २०७९।०२।२३ गते नेपाल सरकार शहरी विकास मंत्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने ।

प्रतिक्रिया दिनुहोस