Latest News

नयाँ मन्त्रीको लिस्ट बोकेर बालुवाटार पुगे माधव नेपाल, कसले कुन मन्त्रालय सम्हाल्दै ? (सूचीसहित)

Nepalese Times June 5, 2022 (2 Year ago)    602 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नयाँ मन्त्रीको लिस्ट बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई नयँँ मन्त्रीको लिस्टमा राखेका छन् । उनीहरुको नाम बोकेर अध्यक्ष नेपाल आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

‘उहाँले आजै सपथ ग्रहणका लागि नाम बुझाउनुहुन्छ। प्रधानमन्त्रीको समय के छ भयो भने आजै सपथ हुन्छ,’ स्रोतले भन्यो।

स्रोतका अनुसार चौधरी शहरी विकास, श्रेष्ठ पर्यटन, कुँवर श्रम र केसी स्वास्थ्य राज्यमन्त्री बन्ने सम्भावना छ। सांसद चौधरीले आफू सहरी विकास मन्त्री बन्न लागेको पुष्टि गरेका छन्।

यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए। उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए।

अहिले भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको थियो ।  ६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने पार्टी उपमहासचिव गंगालाल तुलाधारले बताएका छन् ।

एकीकृत समाजवादीले पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो । त्यस्तै, स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई पनि फिर्ता बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस