Latest News

कांग्रेस नेता गुरुराज घिमिरेले गरे संसदीय चुनाव लड्ने घोषणा, कहाँबाट उम्मेदवारी दिँदै छन् ?

Nepalese Times June 5, 2022 (2 Year ago)    952 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केहीसमय अघि मात्रै सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेका उनले आसन्न चुनावमा उठ्ने घोषणा गरेका गरेका हुन् ।

संस्थापनइतर पक्षका मानिने नेता घिमिरेले पार्टीले टिकट दिने विश्वास गर्दै गर्दै मोरङ ४ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । मोरङ काठमाडौंपछिकै धेरै निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

विगतमा पार्टीले अवसर नदिएको भन्दै उनले यस पटक भने टिकट पाउनेमा विश्वास व्यक्त गरे । लड्ने भनेपछि लड्ने भन्दै उनले भने, ‘विगतमा पनि पार्टीले अवसर दिएको छैन । छलफल चलिरहेको छ । यसपटक अवश्य दिन्छ ।’

उनले सामाजिक संजाल फेसबुमा पनि यसबारे लेखेका छन्, ‘आगामी चुनाव लड्ने घोषणा गरियो । आगे जनताको इच्छा ।’ उनले स्थानीय तह निर्वाचनका लागि भएको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पार्टी लोकतान्त्रिक अभ्यासमा समेत चुकेको भन्दै सक्रिय राजनीतिबाट अलग रहने बताएका थिए ।

यसअघि केन्द्रीय नेताले मत नदिँदा संस्थापनइतर समूहबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिका उम्मेदवार बनेका गुरुराज घिमिरे पराजित भएका थिए । कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालालाई ‘ब्याक’गरेर घिमिरेलाई उम्मेदवार बनाउन सहयोग गरेका नेताहरु नै मतदान प्रक्रियामा सहभागी भएनन्।

जसका कारण कांग्रेसको राजनीतिमा राम्रै प्रभाव जमाएका युवा नेता घिमिरेको पराजयमा इतर पक्षका केन्द्रीय नेता नै दोषी देखिए। डा. शेखर कोइरालासमेतका नेताको साथ पाएपछि उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट उनी संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग २ मतको झिनो अन्तरले पराजित भएका हुन्।

स्वयं घिमिरेले पनि नेताहरुकै कारण आफू पराजित भएको बताए। शेखरसहित संस्थापनइतरका नेताहरु महेश आचार्य, सुजाता कोइराला र बलबहादुर केसी मतदान प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ। मतदान स्थलमा पुगे पनि चारै जना नेताले मत भने हालेनन्।

प्रदेशमा मत हाल्दा केन्द्रमा चुनाव लड्न पाइँदैन कि भन्ने भयले उनीहरुले मतदान नगरेको बताइएको छ। तर निर्वाचन समितिले भने मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न समस्या नहुने जनाएको छ।

प्रदेशमा चुनाव लडेकाले भने केन्द्रीय कार्यसमितिका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको समितिले स्पष्ट पारेको छ। चार जनाले भोट नहालेको र जम्मा २ मतले घिमिरे पराजित भएपछि इतर समूहका नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ। उनीहरुले संस्थापन पक्षकै ‘सेटिङ’मा घिमिरेलाई पाखा लगाइएको आरोप लगाउँदै छन्।

नेता कार्यकर्ताले हारको समीक्षा हुनुपर्ने माग अघि सारेका छन्। मतदान नगर्ने नेताहरु भने पछुताउँदै छन्। कांग्रेसको प्रदेश १ सभापतिमा निर्वाचित बनेका थापा कृष्णप्रसाद सिटौलानिकट हुन्। पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ पाएपछि उनी संस्थापन समूहबाट उम्मेदवार बनेका थिए।

प्रतिक्रिया दिनुहोस