Latest News

यी ठाउँमा वर्षा सुरु, आज दिनभर कुन-कुन ठाउँमा पानी पर्ला ?

Nepalese Times June 5, 2022 (2 Year ago)    631 Views

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आन्शिक देखि सामान्य बदली भई प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

अबको २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

आइतवार दिउँसो प्रदेश १, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतवार  राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूरण बदली रहि बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली तथा लुम्विनी प्रदेशका एक वा दूई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस