Latest News

अर्को जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखमा पनि कांग्रेस उम्मेदवार निर्वाचित

Nepalese Times June 4, 2022 (2 Year ago)    739 Views

डोटी । जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेकोले सबै पदहरुमा र्नििर्वरोध निर्वाचित भएका सहायक निर्वाचन अधिकृत बसन्तराज पाध्यायले बताए ।

जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह निर्वाचित भएका छन् । सिंह आदर्श गाउँपालिका–५ बाट ५ सय ६१ मत सहित गाउँ सभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी छन् । पूर्वीचौकी गाउँपालिका–७ बाट ७ सय २८ मत सहित गाउँसभा सदस्यमा निर्वाचित चुनारा समन्वय समितिमा निर्विरोध निर्वाचित भएकी हुन् । खुला सदस्यमा रामबहादुर खड्का, ठक्कर बोहरा र नरेशबहादुर खड्का निर्वाचित भएका सहायक निर्वाचन अधिकृत पाध्यायले बताए ।

महिला सदस्यहरुमा दीपा खड्का, शान्ता भुल र निर्मला भुल र दलित सदस्यमा झगडी कामी निर्वाचित भएका छन् । ९ स्थानीय तह रहेको डोटीमा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर १५, एमालेले २ र माओवादी केन्द्रले एक जितेको छन् ।

स्थानीय तह निर्वाचनमा एक्लै लडेको कांग्रेसले जिल्ला समन्वय समिति पनि एक्लैले बनाएको छ । जिल्ला समन्वय समितिमा जिल्लाका नौवटै पालिकाबाट प्रतिनिधित्व भएको छ ।

संविधान अनुसार जिल्ला सभामा जिल्लाभित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ । जिल्ला सभाले निर्वाचनमार्फत गाउँ÷नगर सभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समिति छान्ने व्यवस्था रहेको छ ।

यस्तै जिल्ला समन्वय समिति अछामको प्रमुख र प्रमुख दुबै नेपाली कांग्रेसले जितेको छ । प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए ।यस्तै उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । उनले पनि १२ मत प्राप्त गर्दै एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पारेकी हुन् ।

प्रतिक्रिया दिनुहोस