काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणप्रति असन्तुष्टि जनाउँदै आएमो माओवादी केन्द्रले सत्ताबाट बाहिरिने संकेत देखाएपछि गठबन्धनमा खैलाबैला मच्चिएको छ।
देउवाले आजै मात्र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता गरेका छन् । शनिबार दिउँसो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै महन्थ ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । उनीहरुबीच सत्ता साझेदारीबारे कुराकानी भएनभएको खुलाइएको छैन् ।
देउवाका सहयोगीहरुले भने महन्थ ठाकुरसँग संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित भएको दावी गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोली (आईतबार) बिहान ११ बजे पनि बोलाइएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरी आगामी निर्वाचनको आन्तरिक तयारीको बारेमा छलफल हुने केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले बताए ।
केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा पनि कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए ।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
गृहमन्त्री खाणलाई महत्वपूर्ण राजनीतिक विकासक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘दूत’का रूपमासमेत अघि सार्ने गरेका छन्।
अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।
भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो ।
सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि छलफल भएको थियो ।