Latest News

कांग्रेसले काठमाडौंको चुनाव हार्नुमा रामचन्द्र पौडेल नै यसो भन्न थाले, देउवामाथि गम्भीर आरोप

Nepalese Times June 4, 2022 (2 Year ago)    796 Views

काठमाडौं । स्थानीय तहको निर्वाचन सकेर अहिले संघ र प्रदेशको चुनावको रस्साकस्सीसमेत सुरु भएको छ । अहिले राजनीतिक दलहरुले स्थानीय तह चुनावको समिक्षा गरिरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा आफ्नो पार्टी काठमाण्डौ महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार उठाएर जनतालाई हेपेका कारण राजनीतिक दल काठमाण्डौ महानगरको मेयर बन्न नसकेको उनको दाबी छ ।

काठमाण्डौ महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको भन्दै उनले त्यसको परिणाम बालेन्द्र शाहले चुनाव जितेको बताए ।

आफूले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णयकले नमान्दा राजनीतिक दल हार बेहोर्न बाध्य भएको बताए ।

राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्न नहुँने भन्दै उनले कांस र एमाले दुबै दलका नेताले जनतालाई हेपेर निर्णय गरेको बता । दुवै पार्टीले छानेका उम्मेदवार उपयुक्त नभएको र तीभन्दा उपयुक्त धेरै मान्छेहरू रहेका बताए ।

उनले भने, ‘उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो, त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यति बेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्य सचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रूचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ ।’

आउँदा दिनमा पनि यस्तै गल्ती नेतृत्व पङ्क्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने उनले बताए ।

यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरूले जनताले रूचाउने उम्मेदवार उठाउनुपर्ने भन्दै उहाँले फेरि मुर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्नुनहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस