Latest News

आज कुन ठाउँको मौसम कस्तो ? यस्तो छ मौसमविद्को चेतावनी

Nepalese Times June 4, 2022 (2 Year ago)    474 Views

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ र मधेश प्रदेश प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

अबको २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

शनिवार दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतवार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतवार राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमवार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस