Latest News

अबको २४ घण्टामा यी ठाउँमा चट्याङ्गसहित पानि पर्ने, विज्ञले दिए यस्तो चेतावनी

Nepalese Times June 3, 2022 (2 Year ago)    600 Views

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दूई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

अबको २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार राती प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिवार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आईतवार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दूई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आईतवार राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस