Latest News

महानगर प्रमुख बालेन्द्र र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के- के भयो कुराकानी ?

Nepalese Times June 1, 2022 (2 Year ago)    550 Views

काठमाडौँ महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। उनले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनीसँग भेट गरेका हुन्।

भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको पाँच वर्षीय कार्यकालमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने आश्वासन दिएका छन्। ओलीलाई भेटेका बालेन्द्रले अन्य शीर्ष नेतासँग पनि भेट गर्ने

‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ,’ देउवाको भनाइ उद्धृत गर्दै ‘रुटिन अफ नेपाल बन्द’ ले लेखेको छ, ‘मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।’

प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने पनि आश्वासन दिएका छन्।

‘कार्यपालिकामा नि कांग्रेसको बहुमत छ विकासको काममा सहयोग हुनेछ,’ ‘रुटिन अफ नेपाल बन्द’ ले लेखेको छ, ‘फोहोर व्यवस्थापनका लागि जे–जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

देउवाले काठमाडौंको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै विकासको काममा सहयोग हुने प्रतिबद्धता जनाएको बालेन्द्र निकट स्रोतले बतायो ।

‘फोहोर मैला व्यवस्थापनका लागि जे जे उपाय छन् लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुन्छ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस