Latest News

तारा एअरको जहाज अवतरण गर्न ६ मिनेट मात्रै बाँकी थियो, तर भयो यस्तो !

Nepalese Times May 30, 2022 (2 Year ago)    625 Views

काठमाडौं । तारा एयरको सो विमान अन्तिम सम्पर्कको ६ मिनेटपछि अतवरण हुने अवस्थामा थियो । जोमसोम एयरपोर्टका एयर ट्राफिक कन्ट्रोलर (एडिसी) ले मौसम ठिक छ र हावा ठिक छ भनेर सूचना दिइससकेका थिए ।

त्यसअघि समिट एयरको जहाज जोमसोममा अवतरण भइसकेको थियो । जोमसोम भ्याली प्रवेशको अनुमति पाइलट प्रभाकर घिमिरेले मागिसकेका थिए । पाइलट घिमिरेले मौसमको बारेमा कुरा गर्दा जोमसोम एयरपोर्टले ल्याण्ड गर्न सक्ने अनुमति दिइसकेको थियो ।

सो जहाज १०ः१७ मा अवतरण गर्ने समय तालिका थियो । जहाज सम्पर्क नभएपछि ५÷७ मिनेटपछि जोमसोम एयरपोर्टमा हल्लाखल्ला बढ्यो । त्यसपछि खोजीकार्य सुरु भयो ।

सोअघि प्रभाकरबीच आफ्नो कुरा भइरहेको समिट एयरका पाइलट अभिनन्दन खड्काले बताए । उनले साथी मिसिङ भएको, म धेरै बोल्न चाहन्नँ । तर मौसम भने खराब थिएन । उनी तत्कालै पोखरा पुग्न सक्थे, जहाज हराएको सूचनापछि खड्का जोससोममै रहेह।

समिटको अर्को जहाज पोखराबाट उडे पनि जहाज मिसिङ भएको खबरले बीचबाटै फर्किएको थियो । आइतबार पोखरा–जोमसोम तीन उडान भएका हुन् ।

तीमध्ये ताराको जहाज कम्पनीको तर्फबाट पहिलो र पोखरा नागरिक उड्डयन कार्यालयका तर्फबाट तेस्रो उडान रहेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् ।

पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए ।

ती हेलिकोप्टरले दुर्घटना स्थल नजिक थासाङ गाउँपालिका वडा नम्बर २, नाउरीकोटमाथि उनीहरुलाई छोडेर फर्केको छ । ती दुर्घटना भएको सम्भावित स्थानभन्दा उनीहरुलाई पैदल यात्रामा ३–४ घण्टा टाढा छोडिएको छ ।

जहाजमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना थिए । सानो विमानमा प्रायःजसो दुईजना मात्रै पाइलट हुन्छन् । एकजना को–पाइलट र अर्का मुख्य पाइलट । दुर्भाग्य यसमा तीनजना पाइलट परेका छन् । पाइलट वसन्त लामा तारा एयरकै पाइलट हुन् ।

विमान उडाउने पालो वसन्तकै थियो । तर, अपर मुस्ताङ जाने भएकोले साथी प्रभाकर घिमिरेलाई बोलाएपछि प्रभाकर आइतबार बिहानमात्रै काठमाडौंदेखि पोखरा आएका थिए । मौसमका कारण तेस्रो चौथो फ्लाइट नजाने भएपछि लामाले बोलाएका थिए । घिमिरेले उडान भर्दा वसन्त यात्रु बनी उडेका थिए ।

प्रभाकर घिमिरे कहिले पनि शून्य जोखिममा हिँड्ने पाइलटको रुपमा परिचित रहेको तारा एयरका कर्मचारीहरु स्मरण गर्दछन् । आइतबार पनि समिटको जहाज अगाडि लगाएर मात्र उनी उडेका थिए । मौसममा कहिल्यै पनि सम्झौता गरेनन्, तर आज यस्तो खबर सुन्नुप¥यो भन्दै पोखरास्थित तारा एयरका कर्मचारी हर्क रावल बताउँछन् ।

तस्वीर : गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस