Latest News

तारा एअरले सार्वजनिक गर्‍यो आधिकारिक धारणा (विज्ञप्तिसहित)

Nepalese Times May 29, 2022 (2 Year ago)    580 Views

काठमाडौं । तारा एअरले पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको प्रतिक्रिया दिएको छ ।

तारा एअरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको हो ।

मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एअरको प्रतिक्रिया छ । नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको विज्ञप्तिमा भनिको छ ।

यस्तो छ तारा एअरले जारी गरेको विज्ञप्ति

आज मिति २०७९ जेठ १५ गते तदनुसार २९ मे २०२२ आइतबारका दिन बिहान पोखराबाट जोमसोमको लागि ९५५ बजे उडेको तारा एअरको 9N-AET, DHC-6 TWIN OTTER वायुयान सम्पर्क विहीन भएको जानकारी गराउँदछौ । वायुयानमा चालक दलका ३ सदस्य र १९ जना यात्रुहरु सहित २२ जना रहेका छन् ।

यात्रुहरुमा १२ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन्। विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सर्पकमा आएको र सोपश्चात् सम्पर्क विहीन भएकोले सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकूल मौसमको कारण उक्त हेलिकप्टर पुन जोमसोम नै फर्किएको छ ।

खोजी तथा उद्दार कार्यको लागि काठमाडौ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु Stand By रहेको र मौसम सुधार हुनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ ।

नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरी सकेको व्यहोरा जानकारी गराउँदछौ। थप सूचना अर्को प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनेछौ ।
प्रबक्ता, तारा एअर

विमानमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका थिए ।

यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका थिए ।

चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ ।

तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स केही वर्षअघि नै विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस