Latest News

हराइरहेको तारा एयरका पाइलटलाई फोन लाग्यो, लोकेसन पनि पत्ता लाग्यो

Nepalese Times May 29, 2022 (2 Year ago)    862 Views

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी भइरहेको छ । क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए ।

पाइलटको मोबाइलमा घण्टी गइरहेको र एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएकोले त्यसैले त्यतैतिर खोजी केन्द्रित भइरहेको उनले बताए ।

मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।

नेपाल प्रहरी र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई जहाज खोज्न आवश्यक पर्ने सहयोग गरिरहेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । तर उनले मोबाइलको लोकेसनबारे भने बताएनन् ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स केही वर्षअघि नै विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट ९विमानहरु०ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस