Latest News

पोखराबाट उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना, जहाजमा कति यात्रु थिए ?

Nepalese Times May 29, 2022 (2 Year ago)    2310 Views

काठमाडौं । पोखराबाट जोमसोमका लागिथ उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो ।

यद्यपी कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् । जहाजमा ६ जना विदेशी नागरिकसहित १९ यात्रुसहित रहेका छन् ।

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए । चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।

गएको वर्ष मात्रै निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र तारा एअर विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा राखिएको थियो ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा परेको हो ।

नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै ‘स्टार’ पाएको छ ।

विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ ।

यसका ८ वटा एयरक्राफ्ट (विमानहरु)ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।

तारा र नेपाल एयरलाइन्सपछि एरियाना अफगान एयरलाइन्स, दक्षिण अमेरिकी राष्ट्र सुनामको ब्लु विङ्स एयरलाइन्स, अफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको ट्रिगाना एयर, कजाकिस्तानको एससीएटी एयरलाइन्सलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस