Latest News

दुर्घटनामा परेकी भरतपुरकी मेयर रेनु दाहालको सिटी स्क्यान गरियो, यस्तो आयो रिपोर्ट

Nepalese Times May 27, 2022 (2 Year ago)    783 Views

काठमाडौं । ललितपुरको जावलाखेलमा दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको सिटी स्क्यान गरिएको छ । उनको रिपोर्टसमेत आएको छ ।

उनको अवस्था सामान्य रहेकोले डिस्चार्जको तयारी भइरहेको छ । रेणुको टाउकोमा सामान्य चोट लागेको र चिकित्सकका अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको देखिएको अस्पतालका एक डाक्टरले बताए ।

अहिले रेनुको सामान्य अवस्था भएको बहिनी गंगाले बताएकी छन् । जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो । गंगाका अनुसार डाक्टरको सल्लाहमा डिस्चार्ज गर्न लागिएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग दाहाल विजयी भएकी हुन् ।

झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराइनुमा उनिप्रति अन्याय हुन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।

उनको जम्म वि.सं. २०३३ असार २६ गते चितवन शिवनगरको भीमसेन नगरमा भएको थियो । उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्डजस्तै भूमिगत भएर काम गरिन् ।

जनयुद्धकालमा उनले प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनी भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भइसकेकी थिइन् ।

०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म उनी संविधान सभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।

उनीसँग माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको रुपमा पनि काम गरेको अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्जसम्मको जिम्मेवारीमा थिइन् ।

प्रतिक्रिया दिनुहोस