Latest News

ललितपुरको मेयरमा कांग्रेसका चिरिबाबु र उपमेयरमा एमालेका शाक्य विजयी, प्रतिष्पर्धीले दिए बधाई

Nepalese Times May 24, 2022 (2 Year ago)    498 Views

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार मञ्जली शाक्य विजयी भएकी छिन् । उनीहरु दुबै जनाको जित मत गणना नसकिँदै सुनिश्चित भएको हो ।

मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजार बढीको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।

अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यको विजय औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

यस्तै पोखरा महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

एमालेको निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिवद्धता जनाएलगत्तै गणना सुरु भएको हो ।

२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिसकेको छ । मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७ हजार ७२ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

मत गणनाको काम नसकिएको भए पनि आचार्यको विजय भने त्यसअघि नै निश्चित भइसकेको छ । उनले लिएको अग्रताभन्दा मत गणना गर्न बाँकी कम भएकोले उनको विजय सुनिश्चित भएको हो । विजय सुनिश्चिच भएसँगै पोखरामा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले विजय उत्सव मनाउन थालिसकेका छन् ।

यस्तै पोखरा महानगरपालिकाको मेयरमा विजयी भएपछि धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् ।

शपथग्रहण पछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने आचार्यले घोषणा गरेका छन् । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए ।

उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अभिभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस