Latest News

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी, कसले कति मत ल्याए ?

Nepalese Times May 22, 2022 (2 Year ago)    483 Views

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।

राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् ।

धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।

यस्तै वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमार्फत स्थानीय तहमा चार नयाँ पार्टीको उदय भएको छ । जसमा रेशम चौधरीको नागरिक जनमुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी छन् ।

उनीहरूको जितको ‘विशेषता’ र दिन खोजेको सन्देश पनि भिन्नभिन्न छ । जसमा चौधरीको पार्टीले कैलालीमा ‘धमाका’ देखाएको छ भने अन्यले अस्तित्व रक्षाको काम मात्रै गरे । हृदयेशको पार्टीले गृहजिल्ला पश्चिम नवलपरासीमा कुनै सिट जित्न सकेन । रुपन्देहीमा भने एक पालिका हत्यायो ।

प्रतिक्रिया दिनुहोस