Latest News

काठमाडौं महानगरमा १ लाख १७ हजार मत गनेर सकियो, यस्तो छ अहिलेसम्मको अपडेट

Nepalese Times May 22, 2022 (2 Year ago)    1067 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार १ लाख १७ हजार गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन्।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। सिंहले २३ हजार ८५५ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्। ३२ वडा रहेको काठमाडौं महानगरमा १५६ वडाको अन्तिम परिणाम आइसकेको छ।

वडा नम्बर २४ को वडाध्यक्ष जित्दै कांग्रेसले एमालेलाई उछिनेको हो । यस वडामा कांग्रेसका विनोदकुमार राजभण्डारी १११२ मतसहित विजयी भए । उनले ११२२ भोट ल्याउँदा एमालेका प्रतिस्पर्धी सुजनविलास बज्राचार्यले ९५५ मत प्राप्त गरे ।

मेयरमा भने यस वडामा सबैभन्दा बढी एमालेलाई भोट खसेको छ । स्थापितले ९१० भोट ल्याउँदा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ७६० भोट ल्याएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारहरु बालेन साह र सुमन सायमीको क्रमशः ६०२ र ३८० भोट आएको छ । हालसम्म काठमाडौंका १५ वटा वडाको मतगणना सम्पन्न हुँदा ८ वटा वडामा कांग्रेस र ७ वटामा एमाले उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर ६, ७, ८, २४, २७, २८, २९ र ३० कांग्रेसको पोल्टामा परेको छ भने वडा नम्बर १, २, ३, ४, ५, ३१, र ३२ मा एमालेले जित हासिल गरेको छ ।

यस्तै वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार अघिल्लो पटकको ठूलो दल नेकपा एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ ।

आइतबार दिउँसोसम्ममा एमालेले १९० तहको नेतृत्व (अध्यक्ष/मेयर) मा जित निकालेको छ । पहिलो भएको नेपाली कांग्रेसले हालसम्म ३११ तहको नेतृत्व जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस