Latest News

काठमाडौंमा १ लाख १५ हजार मत गनेर सकियो, यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 22, 2022 (2 Year ago)    1036 Views

काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत पाएका छन् ।

१७ हजार दुई सय ७१ मतको अग्रतासहित साहले साढे ४० हजारभन्दा धेरै मत पाएका हुन् । पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरमा एक लाख १५ हजार मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाएका हुन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत पाएकी छिन् भने नेकपा एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाएका छन् । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात सय ९८ मतले अगाडि छिन् ।

काठमाडौंको मेयर उम्मेदवारमा स्वतन्त्र उम्मेदवार बालेन साह जिततर्फ लम्किरहेका बेला वडाध्यक्षको प्रतिस्पर्धामा कांग्रेस र एमालेको कडा टक्कर छ ।

सुरुमा मत परिणाम घोषणा भएका वडाहरुमा लगातार एमाले उम्मेदवार विजयी भएका थिए । अहिले भने कांग्रेसले एमालेलाई उछिनेको छ ।

भर्खरै वडा नम्बर २४ को वडाध्यक्ष जित्दै कांग्रेसले एमालेलाई उछिनेको हो । यस वडामा कांग्रेसका विनोदकुमार राजभण्डारी १११२ मतसहित विजयी भए ।

उनले ११२२ भोट ल्याउँदा एमालेका प्रतिस्पर्धी सुजनविलास बज्राचार्यले ९५५ मत प्राप्त गरे । मेयरमा भने यस वडामा सबैभन्दा बढी एमालेलाई भोट खसेको छ । स्थापितले ९१० भोट ल्याउँदा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ७६० भोट ल्याएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारहरु बालेन साह र सुमन सायमीको क्रमशः ६०२ र ३८० भोट आएको छ । हालसम्म काठमाडौंका १५ वटा वडाको मतगणना सम्पन्न हुँदा ८ वटा वडामा कांग्रेस र ७ वटामा एमाले उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर ६, ७, ८, २४, २७, २८, २९ र ३० कांग्रेसको पोल्टामा परेको छ भने वडा नम्बर १, २, ३, ४, ५, ३१, र ३२ मा एमालेले जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस