Latest News

काठमाडौं महानगरपालिका–२७ कांग्रेसले जित्यो, कसले कति मत ल्याए ?

Nepalese Times May 21, 2022 (2 Year ago)    893 Views

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ जित्न सफल भएको छ । २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा विजय हासिल गरेका निर्वाचन आयोगले जनाएको छ ।

खड्गीले १५४१ मत ल्याएका छन्। उनले एमालेका चिनियाँ मान बज्राचार्यलाई पराजित गरेका हुन्। बज्राचार्यले १३०३ मत ल्याएका छन्।काठमाडौंमा अहिलेसम्म नतिजा आएकामध्ये वडा नम्बर २७, ६, ८, २८, २९ र ३० गरी ६ वटा वडामा जितेको छ।

एमालेले पनि १, २, ३, ४, ५ र ३२ नम्बर गरी ६ वटै वडामा जितेको छ। अहिले ७, ९, १०, ११, २४, २५, २६, र ३१ वडामा मतगणना जारी छ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्। हालसम्म उनले ३५ हजार ७५१ मत पाएका छन्। त्यस्तै एमालेका मेयर उम्मेदवार केशव स्थापितले १९ हजार ५१५ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी छन्।

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा नौ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १९ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १८७ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२२ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस