Latest News

अन्ततः लौरो चिन्हले जित्यो मेयर, प्रतिद्धन्दी फराकिलो मतान्तरले पराजित

Nepalese Times May 21, 2022 (2 Year ago)    503 Views

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले विजयी भएका छन् ।

नेपाली कांग्रेसका किशोर राईसँगको मतान्तर फराकिलो पार्दै लगेका उनी विजयी भएका हुन् । शनिबार साँझसम्म गणना भएको ५० हजार १ सय ९ मतमध्ये साम्पाङले १६ हजार २६ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राईले १३ हजार १८२ मत पाएका छन्। निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी मन्जु भण्डारीले १० हजार ६२२ मत ल्याएकी छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले १६ हजार ०७९ मत पाएका छन् भने एमालेका पदमप्रसाद लिम्बुले १४ हजार ४३१ मत पाएका छन्।

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा नौ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले अध्यक्ष पदमा ९६ स्थानमा जित कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १९ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १८७ स्थानमा जित हासिल गरी तीन स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२२ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले उपाध्यक्ष पदमा ९३ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २७ स्थानमा विजय हासिल गरी दुई स्थानमा अग्रता कायम गरेका छन् ।

स्थानीय तहका वडाध्यक्ष पदमा कांग्रेसले दुई हजार ५०८ मा जित हासिल गरी १२ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले दुई हजार ११ मा जित हासिल गरी ११ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले वडाध्यक्ष पदमा एक हजार २६ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा २६४ स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ५५३ स्थानमा विजय हासिल गरी ४ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस