Latest News

काठमाडौंको ताजा मत परिणामः केशवलाई सिर्जनाले उछिनिन्, अहिलेसम्म कसको कति मत ?

Nepalese Times May 21, 2022 (2 Year ago)    628 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले पनि मत गणना चलिरहेको छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह को अग्रता कायमै छ । दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन्।

यस्तै भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी केन्द्र)का रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारेकी छिन् ।

दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत ल्याएकी छिन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएकी छिन् । अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गर्नुभयो । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।

प्रतिक्रिया दिनुहोस