Latest News

६ सय ४८ पालिकाको मत परिणाम सार्वजनिक, कसले कति पालिका जिते ? (विवरणसहित)

Nepalese Times May 20, 2022 (2 Year ago)    614 Views

काठमाडौं । देशभरबाट मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्मे ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस दुई सय ९१ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

दुई सय १६ वटा नगरपालिका र चार सय ३२ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय नौ वटा नगरपालिका र एक सय ८२ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो ।

यस्तै कांग्रेसले ८१ वटा नगरपालिका, एक सय ८३ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय १६ वटा वडाको अध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको एमालेले ६१ वटा नगरपालिकाको मेयर र एक सय १८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ७९ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले ८२ वटा नगरपालिकाको उपमेयर, एक सय १९ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय २९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९२ वटा गाउँपालिकाको उपाध्यक्ष र नौ सय ९२ वटा वडाको अध्यक्ष पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष, आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

जनता समाजवादी पार्टी ९जसपा० ले चार वटा नगरपालिकाको मेयर, १६ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १४ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

बाँकी पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०, जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस