Latest News

कांग्रेसले काठमाडौं महानगरको अर्को वडा पनि जित्यो

Nepalese Times May 20, 2022 (2 Year ago)    902 Views

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा नेपाली कांग्रेसका भाइराम खड्गी निर्वाचित भएका छन्। उनले १ हजार २ सय ८१ मत ल्याउँदा एमालेका विपिन खड्गीले १ हजार ७२ मत ल्याए।

महिला सदस्यमा कांग्रेसकै मीना खड्गी, दलित महिला सदस्यमा कांग्रेसकै ललिता कार्की ढली, खुल्ला सदस्यमा कांग्रेसकै अरुण तन्दुकार र सदस्यमा वीरेन्द्र महर्जन विजयी भएका छन्। वडाध्यक्षमा निर्वाचित खड्गी अघिल्लो निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

त्यस्तै, काठमाडौं महानगरको वडा नम्बर ३० मा कांग्रेसले जितेको छ। कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्।

कार्की ११४५ मतान्तरले विजयी भएका हुन्। यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो।अहिले ६, ७, ८, २७, , २९, ३१ र ३२ वडामा मत जारी छ। जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतले पछाडि परेका एमालेका केशव स्थापितले आफ्नो मत बढाउन थालेका छन् ।

आफ्नो मत बढाउन थालेसँगै स्थापितले स्वतन्त्र उम्मेदवार बालेनसँगको मतान्तर घटाउन थालेका छन् । दोब्बर मतले पछाडि पर्दै आएका स्थापितले काठमाडौं– २७ को मत गणना हुन थालेपछि मतान्तर घटाएका हुन् ।

पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाएका छन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।

यस्तै वडा नम्बर २ मा ३३९७ मत खसेकोमा सबैभन्दा धेरै बालेन शाहले १२१५ मत पाएका छन् । केशव स्थापितले ७२८ मत पाएका छन् भने सिर्जना सिंहले ४९७ मत पाएका छन् । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाए। यस्तै वडा नम्बर ३ मा ६ हजार २ सय ६३ मत खसेको थियो । जसमध्ये बालेन शाहले सबैभन्दा धेरै २४०६, केशव स्थापितले १२०३ र सिर्जना सिंहले ७२८ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस