चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँगको मतान्तर तीन हजारमाथि पुर्याएकी छन । पछिल्लो गणनको परिणाम अनुसार उनले ३००१ मतले अग्रता लिएकी छन् ।
३८ हजार ८६४ गन्दा उनले १४ हजार ७६६ मत पाएकी छन् । सुवेदीले ११ हजार ७६५ मत पाएका छन् । कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् । उपमेयमरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ तथा राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत पाएका छन् ।
अहिले वडा नम्बर ९ को मतगणना भइरहेको छ । वडाध्यक्षमा अहिलेसम्म एकीकृत समाजवादीका उम्मेदवारले ११ सय ५३ र एमालेका उम्मेदवारले ८४४ मत पाएका छन् ।
अहिलेसम्म ५३५ स्थानीय तहको नजिता सार्वजनिक भएको छ । नतिजा अनुसामर कांग्रेस २४३, एमाले १५५ र माओवादी केन्द्र १०२ पालिकामा विजयी भएका छन् । सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।
२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ।
एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।
माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ भने २० पालिकामा उसले अग्रता कायम राखेको छ। अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ।