Latest News

मत गणना चल्दाचल्दै बालेन शाहमाथि लाग्यो गम्भीर आरोप (भिडिओसहित)

Nepalese Times May 17, 2022 (2 Year ago)    1170 Views

काठमाडौं । काठमाण्डौं महानगरपालिकाको पछिल्लो नतिजा अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निक्कै भोटले अगाडि छन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको भोट जोड्दासमेत उनको मत भेट्याउन सकिएको छैन ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितभन्दा बालेन दोब्बर मतसहित अघि बढिरहेका छन् । अहिले नै नतिजा यही हुन्छ भन्न सक्ने अवस्था नरहे पनि मतान्तरको अवस्था हेर्दा उनी मेयरमा निर्वाचित हुने सम्भावना पनि देखिएको छ।

मतान्तर धेरै हुँदै गएपनि कतिपयले भने अझै पनि बालेनको जितको सुनिश्चित गर्न नसकिने बताइरहेका छन् । यदि बालेन काठमाण्डौंको मेयरमा निर्वाचित भएपनि उनीबाट आशा गर्न सकिने कुनै विषयवस्तु नभएको उनीहरु बताउँछन् ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै वरिष्ठ पत्रकार किशोर नेपालले नेपालका मिडिया, राप्रपा र पुर्वराजाका मान्छेले बोकेर बालेनलाई अगाडि ल्याएको आरोप लगाएका छन् ।पत्रकार नेपालले बालेन साह छद्मभेसी भएको आरोप समेत लगाए ।

उनले भनेका छन्, ‘बालेन साह आफै छद्मभेसी मान्छे हुन, जस्को सम्वन्ध दलसँग छ। उनी राजावादी दलका समर्थक हुन, राप्रपाका समर्थक हुन। उनले समर्थन लिएका छन् (राप्रपासँग) । उनी हिन्दु धर्मका प्रचारक हुन। उनी स्वयमले भनेका छन् ति कुराहरु’

पत्रकार नेपालले उनी राप्रपासँग ढोगभेट गर्न गएका र यी संकेतहरु बुझ्न आग्रह गर्दै भनेका छन्, ‘तपाईहरु एकोहोरो बालेनजी क्रान्तिकारी भन्नु हुन्छ भने म असहमत छु।’

नेपाली प्रेस बालेन साहको पक्षमा पक्षपाती भएको आक्षेप लगाउँदै उनले त्यो आवश्यक नभएको र बालेन निर्दलियताको पक्षमा रहेको बताए । आफूहरुले निर्दलियता खोजेको नभई धर्मनिरपेक्षता खोजेका भन्दै उनले अहिलेको अवस्थामा हिन्दु धर्म नखोजेको बताएका छन् ।

उनले फेरि भने, ‘बालेन साहले चेक दिएर दिईदैन, पोलिटिकल चेक चाहिन्छ। समावेशीकरण गर्नोस, भ्रष्ट राजनीतिज्ञलाई महलबाट वाहिर निकाल्ने आँट गर्नोस’ उनले भने–‘एउटा महानगरको मेयर वन्ने वित्तिकै ठुलो क्रान्तिकारी चेग्वेभारा, माओत्से तुङ, सुहार्तो, महात्मागान्धी हुनु भो भनेर भन्नु हुन्छ भने हाम्रै मुर्खता हो।’

यो निर्वाचनको नतिजा बालेनको पक्षमा आएपनि एक्लो मेयरले केही गर्न नसक्ने उनले दावी गरे। बालेन साहले उसको घोषणा पत्रमा लेखेर मात्र नहुँने भन्दै उनले बालेनले लेखेको सवै कुरा पुरा गर्छन भनेर केही ग्यारेण्टी नभएको बताए ।

बालेन साहलाई अनावश्यक रुपमा पक्षपोषण गरेर नेपालका मिडियाले नै निर्दलियताको सपोर्ट गरेको भन्दै उनले नेपालका तथाकथित, स्वतन्त्र, निस्पक्ष मिडियाहरुले बालेनलाई बोकेर हिडेको बताए ।

हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया दिनुहोस