Latest News

पोखरा महानगर : एकीकृत समाजवादी र एमालेको कडा टक्कर, कसको कति पुग्यो ?

Nepalese Times May 17, 2022 (2 Year ago)    1028 Views

काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य अगाडि रहेका छन् । मेयरमा गठबन्धनका धनराजले ८ हजार ५६३ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार २७८ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८८७६ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८२७१ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।

हालसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं. १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका छन भने वडा २४,२५,२६ ,५ र १३ को मतगणना जारी छ ।

भरतपुर महानगरपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ। मंगलबार बिहानसम्म १७०३४ मतगणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अघि छन्।

उनले ५७१८ मत पाएकी छन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २७८८ मत पाएका छन्।उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा(एमाले गठबन्धनकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।

चार नम्बरको वडा अध्यक्षमा कांग्रेसका अर्पण पोखरेल विजयी भएका छन्। उनले २५३० मत पाए भने एमालेका भानुभक्त सापकोटाले १६३३ मत पाए। भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस