Latest News

विराटनगर महानगरमा साढे २२ हजार मत गनेर सकियो, कांग्रेसका नागेश कोइरालाले बढाए अग्रता

Nepalese Times May 17, 2022 (2 Year ago)    989 Views

काठमाडौं । विराटनगर महानगरपालिकामा सत्तारूढ गठबन्धनले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार २२ हजार ५ सय ९५ मतगणना हुँदा गठबन्धनको नेतत्व गर्दै कांग्रेसबाट मेयर उठेका नागेश कोइरालाले ७ हजार १२५ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ५ हजार ४०६ मत ल्याएका छन्। उपमेयरतर्फ नेकपा एमालेकी शिल्पा कार्कीले ६ हजार १७७ मत प्राप्त गरेकी छिन्।

गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४ हजार ७७ मत प्राप्त गरेका छन्। उपमेयरमा कार्की यादवभन्दा २ हजार १ सय मतले अगाडि छिन्। मेयर र उपमेयरमा कोइराला र यादव पाँच दलीय गठबन्धनका उम्मेदवार हुन्। कार्की नेकपा एमालेबाट एकल प्रतिस्पर्धामा छिन्।

पछिल्लो परिणाममा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार उमेश यादवले २४७१ मत ल्याएका छन्। स्वतन्त्रमै उपमेयरमा नमिता न्यौपानेले १३९१ मत ल्याएकी छिन्।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्। उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन्। अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ। यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्। मतगणना जारी छ।

मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

मतगणनास्थलमा हेरिएको मतपत्रअनुसार मेयरको भोट जसरी पनि लौरोमै हाल्नुपर्छ भन्ने ट्रेण्ड देखिएको एमालेका ति प्रतिनिधिको भनाइ छ । ‘हामीले सात सूर्य सात छाप भनेर मतदातालई सिकाएका हौं,’ उनी भन्छन् ‘ ब्यालेटको मतमा एक छाप लौरो ६ छाप सूर्य देखिन्छ ।’ आफ्नो पार्टीको भित्री मतदाता रहेको भनि गरिएको आकलन र टोलबाट समेत मेयर पदमा लौरोमा मात्रै एउटा मत खसाएको पाइएको ती प्रतिनिधिको भनाइ छ ।

एमालेको जस्तै दुःख ब्यालेटमा नेपाली कांग्रेसलाई पनि छ । गणना भएका वडाहरुमा तेस्रो स्थानमा कांग्रेसी मत देखिनुले गठबन्धनले काम नगरे जस्तो पाइएको नेपाली कांग्रेसका एक प्रतिनिधिले बताए । उनको भनाइमा कांग्रेसी कार्यकर्ताले मत माग्दै मेयरको मत बालेनका लागि मागेको जस्तो देखिएको छ ।

‘मत गणना भएका वडाहरुमा वडा अध्यक्ष पदमा एमालेसंग तिब्र प्रतस्पर्धा छ तर मेयर पदमा एउटा भोट अनिवार्य जस्तै गरेर लौरोमा हालिएको छ,’ ती प्रतिनिधि भन्छन् ‘एक भोट बालेनका लागि र बाँकी भोट कांग्रेसलाई माया गरेर पार्टीका लागि हालेको जस्तो देखिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस