काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर जितेको छ। कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर मेयर जितेका हुन्।
उनले नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन्। बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए। उपमेयरमा पनि कांग्रेसले जितेको छ।
सृजना बुर्लाकोटीले उपमेयर जितेकी हुन्। उनले १० हजार सात सय ८६ मत ल्याइन् भने एमालेकी भवानी डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्। ०७४ मा यहाँ नेकपा एमालेले मेयर र उपमेयर जितेको थियो।
अहिलेसम्म २३० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जितेको छ ।
अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।
वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।
अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।
काठमाडौं महानगरपालिकामा पनि अहिले मतगणना भइरहेको छ । काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्।