काठमाडौं । धादिङको ज्वालामुखी ६ मा नेपाली कांग्रेसका किशोर सेडाईं वडा अध्यक्षमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्धन्दीभन्दा ११९ भोट ल्याएर विजयी भएका हुन् ।
उनले ८७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीका जुना राना मगरले ७५५ मत र नेकपा एमालेका उम्मेदवार मोहन कुमार श्रेष्ठले ५८४ मत पाएका छन् ।
यस्तै महिला वडा सदस्य ८७८, दलित महिला सदस्य ८९७, वडा सदस्य ८८९ र अर्का वडा सदस्यले ८५९ मत ल्याएर कांग्रेसका सबै वडा सदस्यसमेत विजयी हाँसिल गरेका छन् ।
यस्तै ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका साझा उम्मेदवारको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार यमनाथ दनै र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष उम्मेदवार धर्म बहादुर अर्यालको अग्रता कायमै रहेको हो ।
यस्तै ज्वालामुखी गाउँपालिकाको वडा नम्वर १ बाट वडा अध्यक्ष पदमा एमालेका कृष्ण गिरी बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै ज्वालामुखी गाउँपालिका २ मा नेपाली कांग्रेसका उम्मेदवार राजु लोप्पा वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६५६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका अर्जुन शाहीले ६५३ मत ल्याएका छन् । कांग्रेस बाटै स्वतन्त्रको उम्मेदवारको समाना गर्नु परेको लोप्पाले अन्तत जित हात पारी कांग्रेसको ज्वालामुखी २ लाई कांग्रेसको विरासद जोगाएका छन् ।
यस्तै ज्वालामुखी गाउँपालिका ४ मा कृष्ण बहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका गुरुङ्ले ५०९ मत को फराकिलो अन्तरले विजयी भएका हुन् ।