Latest News

ललितपुर महानगर : कांग्रेसका चिरिबाबुले ल्याए एमालेका हरिकृष्णभन्दा ३ गुना बढी मत, कसको कति ?

Nepalese Times May 16, 2022 (2 Year ago)    655 Views

काठमाडौं । ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जन धेरै मतले अगाडि बढेका छन् । उनी ४४७३ मतसाथ अगाडि छन्।

उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहेका छ् । उनले १६२१ मतसाथ पछ्याइरहेका हुन् । चिरिबाबुले एमालेका हरिकृष्णको भन्दा करिब ३ गुणा बढी मत ल्याएका छन्।

उता उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराम वज्राचार्य पछाडि परेका छन्। उनले पछिल्लो नतिजामा १४६४ मत पाएका छन्।

एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्य वज्राचार्यले २००५ मतसाथ अग्रता बनाइरहेकी छन्। ललितपुरमा कांग्रेसबाट उपमेयर उम्मेदवार नभए पनि रुखमा अहिलेसम्म ११५१ मत खसेको छ।

चिरिबाबु महर्जनले यसअघि पनि ललितपुर महानगर हाँकिसकेका छन् । उनी आफ्नो कार्यकाल एकदमै राम्रो काम भएको दाबी गर्छन् । उनले ५ वर्षको कामको पत्रकार सम्मेलन गरी ९० प्रतिशत काम पुरा गरेको जानकारी दिए । योजनामा राखिएका र घोषणा गरिएका महत्वाकांक्षी योजनाहरु पूरा गर्न बाँकी रहेकाले यसपटक मेयरमा दोहोर्‍याउने मनस्थितिमा उनी छन् ।

चिरिबाबुले पाँच वर्षको कार्यकालमा धेरै राम्रा काम गरे । उनले ललितपुरलाई हरियाली बनाए । कुपण्डोलदेखि जावलाखेलसम्मका सडक हरियाली बनाए । बल्खुदेखि बालकुमारीसम्मका सडकका दायाँबायाँ वृक्षरोपण र हरियाली पार्क बनाए । यस्तै, सडक व्यवस्थित गरे । जाउलाखेल, मंगलबजार र लगनखेलका अव्यवस्थित बजार हटाए ।

लगनखेलमा २५ वर्ष भन्दा लामो समयदेखि टेण्डरविना लगाइएको सटरहरु व्यवस्थित तरिकाले भाडामा लगाए । नगर प्रहरी बनाएर सन्तोषजनक रुपमा काम गराए । पाटनको भीमसेन मन्दिर, पुल्चोकका समय फाल्चालगायत विभिन्न पाटी तथा सम्पदाहरु निर्माण गरे । बुगतीको मछिन्द्र मन्दिर निर्माणको काम पनि सम्पन्न गरेका छन् ।

साइकल लेन बनाए । त्यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीको सय वर्ष पुरा भएको अवसरमा विभिन्न पार्कहरु निर्माण गरे। वर्षभरि नै शताब्दी पुरुषको सम्झनामा विभिन्न कार्यक्रम गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस