Latest News

केशव स्थापितलाई सिर्जना सिंहले उछिनिन्, कसले कति मत ल्याए ?

Nepalese Times May 15, 2022 (2 Year ago)    2185 Views

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

अहिलेसम्म जारी मतगणना अनुसार साहले नै अग्रता बनाइरहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले उछिनेकी छिन् । सिर्जनाले १५०७ र स्थापितले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेल शाहले अग्रता लिएका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्।

यी पाँचै वडामा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए। यसपालि ३२ वडामध्ये भित्री नेवार वस्ती बाहेकका २० वडामा बालेन शाहको जबरजस्त आकर्षण देखिएको छ ।

यसअघिको निर्वाचनमा यो वडामा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मतसहित विजयी भएका थिए। वडा नम्बर एकमा नक्साल, नारायणहिटी क्षेत्र पर्छन्। यस्तै २ नम्बर वडामा पनि ५ सय ५७ मतसहित बालेनलै नै अग्रता लिएका छन्।

यसैगरी वडा नम्बर ३ मा पनि अग्रता लिएका बालेनले ३ सय ४९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २ सय ८४ मत ल्याएकी छन् र स्थापितले २ सय ८ मत ल्याएका छन्।

यसअघि यो वडामा एमालेका दिपक केसी ३ हजार ६२ मतसहित विजयी भएका थिए। यो वडामा भने महाराजगञ्ज, बाँसबारी क्षेत्र रहेका छन्। वडा नम्बर ४ मा पनि ५ सय ६३ मतसहित बालेन नै पहिलो स्थानमा छन्।

यस्तै ३२ नम्बर वडामा पनि अग्रता लिएका बालेनले ५ सय ८२ मत प्राप्त गरेका छन्। ३ सय दुई मतसहित स्थापित दोस्रो र २ सय ५७ मतसहित सिर्जना तेस्रो स्थानमा छिन्।

यो वडामा यसअघि एमालेकै नवराज पराजुली निर्वाचित भएका थिए। उनले ५ हजार ८ सय ७९ मत पाएका थिए। यो वडामा महानगरका कोटेश्वर, जडिबुटी र पेप्सिकोला क्षेत्र पर्छन्।

प्रतिक्रिया दिनुहोस