Latest News

भरतपुरमा ‘एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ’ लेखेका दुई मतपत्र भेटिए

Nepalese Times May 15, 2022 (2 Year ago)    558 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा एमसीसीविरुद्धको दुई वटा मतपत्र भेटिएको छ । मतपत्रमा ‘एमसीसी मुर्दावाद र दलाललाई मत दिन्नौँ’ भनेर लेखिएको पत्र भेटिएको मतगणना केन्द्रमा रहेका दलका प्रतिनिधिले जानकारी दिए ।

मतगणना सहभागी दलका प्रतिनिधिका अनुसार मतपत्रको बिच भागमा एमसीसी मुर्दावाद र सानो चिटमा दलाललाई मत दिदैनौँ भनेर लेखिएको थियो ।

महानगरमा हालसम्म वडा १ को मतगणना भइरहेको छ । मेयरको तीन सय र उपमेयरको २ सय २४ मत बदर भएको छ । दलको गठबन्धन रहेकाले धेरै मतपत्र बदर भएको छ । मतपत्रमा मेयर चिन्हका लागि मतदान गर्दा मतपत्रमा चिन्हमा मत लगाउँदा बदर हुने गरेको छ ।

महानगरपालिकाको मतगणना भरतपुर १० स्थित चितवन उधोग संघको औधोगिक प्रदर्शनी केन्द्रमा भइरहेको छ । जहाँ निर्वाचनमा सहभागी दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि मिलेर मत गणना गरिरहेका छन् ।

ती हजार १ सय ६८ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार १ सय ७८ मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ६८ मत ल्याएका छन् । अहिले तीन वटा केन्द्रबाट गणना भइरहेको छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस