Latest News

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, विजयी भएका भण्डारीले कति मत ल्याए ?

Nepalese Times May 14, 2022 (2 Year ago)    983 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एकीकृत० समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित ३ सदस्य जित्दा नेकपा ९एस०का वडा सदस्यका उम्मेदवारलाई भने नेकपा ९एमाले०का उम्मेदवारले पराजित गरेका हुन्।

यो वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भए। उनले २०७४ सालको स्थानीय निर्वाचनमा विजयी उम्मेदवार एमालेका वडाध्यक्ष अम्बिकाप्रसाद गौतमलाई पराजित गरे।

बस्नेतले १ हजार ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए। यो वडामा महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन्।

गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन्। उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन्।

यस्तै सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् ।

सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत पाएका छन् । वडा नं १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाएका छन् । मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ । उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ ।

यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख÷अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन् ।

टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीका प्रमुख अगाडि छन् ।

टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस