Latest News

काठमाडौँ महानगर : सिर्जनालाई स्थापितले उछिने, बालेनले अग्रता झनै बढायो (अपडेट)

Nepalese Times May 14, 2022 (2 Year ago)    966 Views

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मतगणन शुरु भएको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ बाट मत गणना चलिरहेको हो ।

काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला ? भन्ने आम चासो रहेका छ ।

मेयर पदका लागि अरु धेरै जनाले उम्मेदवारी दर्ता गराए पनि विशेषगरी ३ जनाको कडा भिडन्त भइरहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने आड्कलबाजी गर्न थालिएको छ ।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।

खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो। यसपालि कांग्रेसकी सिर्जना सिंहले कोर–सिटीबाट अघिल्लोपटक जोशीले ल्याएभन्दा धैरै मत ल्याउने आंकलन गरिएको छ ।

विद्यासुन्दरलाई भोट दिएका मतदातामध्ये धेरैले यसपालि सिर्जनालाई भोट दिन्छु भनेका छन्। तर यसअघि कांग्रेसलाई दिएर यसपालि एमालेलाई दिन्छु भन्नेको संख्या थोरै रहेका छन् ।

अघिल्लोपटक एमालेलाई भोट दिएर यसपालि कांग्रेसलाई दिन्छु भन्ने सबै एमालेका परम्परागत मतदाता होइनन्। तीमध्ये कतिपयले आफू कांग्रेस भए पनि अघिल्लोपटक शाक्यलाई हेरेर मत दिएको बताए।

प्रतिक्रिया दिनुहोस