Latest News

चर्चामा रहेको भरतपुर महानगरमा मेयर उमेदवार कसले कहाँबाट मतदान गर्दैछन् ?

Nepalese Times May 12, 2022 (2 Year ago)    1098 Views

चितवन । स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ भने सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् ।

यो पटकको स्थानीय तहको चुनावमा सत्ता गठबन्धन र विपक्षी दलहरुको गठबन्धन गरेर दुई गठबन्धन रहेका छन् । सत्ता गठबन्धनबाट काठमाडौंमा सिर्जना सिंह, भरतपुर महानगरपालिकामा रेनु दाहाललगायतलाई मेयरको उम्मेलपवार बनाइएको छ ।

चर्चामा रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । काठमाडौंमा केशव स्थापितले मेयरको टिकट लिएका छन् ,

भरतपुरका मेयर उम्मेदवार रेनु दाहालले भरतपुर १४ शिवनगरमा रहेको पुलिस स्कुलबाट मतदान गर्दै छिन् । माओवादी केन्द्रका अध्य पुष्पकमद दहाहालकी छोरीसमेत रहेकी उनी र प्रचण्डले पनि पुलिस स्कुलबाट नै मतदान गर्न लागेका हुन् ।

यस्तै नेकपा एमालेका मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्ने कार्यक्रम रहेको । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशिल साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

यस्तै भोलि गाडी नचल्ने भएकाले भोट हाल्न काठमाडौंमा गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए । यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिनुभयो ।

गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए । आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस