Latest News

आज २०७९ साल बैशाख २ गते शुक्रवारको राशिफल हेर्नुहोस्

Nepalese Times April 15, 2022 (2 Year ago)    717 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । शुभअशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट रहनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरो कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस