Latest News

राष्ट्रपति भण्डारीले जारी गरिन् यी ५ महत्वपूर्ण अध्यादेश

Nepalese Times April 5, 2022 (3 Year ago)    1045 Views

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा महत्वपूर्ण अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार मंगलबार उनले पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश जारी गरेकी हुन्।

यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी भएका हुन्।

प्रतिक्रिया दिनुहोस