Latest News

मनपरी बोलेको भन्दै युवराज सफल पक्राउ

Nepalese Times January 27, 2026 (15 Hour ago)    25 Views

काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती गरेको आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ । महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कारबाहीको लागि महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार भएबमोजिम अनुसन्धान गर्दा पौडेलले तथ्यहीन कुरा गरेको देखिएको प्रहरीको भनाइ छ । युवराज सफललाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस