Latest News

चक्रे मिलन र अमिता लामा ओलीका प्यारा, गोकुल र योगेशहरुले टिकट पाएनन्

Nepalese Times January 19, 2026 (3 Hour ago)    13 Views

काठमाडौं । नेकपा एमालेमा आपराधिक पृष्ठभूमिका दुई जना मिलन गुरुङ उर्फ चक्रे मिलन र अमित लामाले गोरखा र काभ्रेबाट एमालेको सांसदको टिकट पाउँदा गोकुल बाँस्कोटा र योगेश भट्टराईहरु पाखा लागिएका छन् ।

एमाले अध्यक्ष ओलीले गोरखा २ बाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन उर्फ मिलन गुरुङलँई टिकट दिएका छन् । चक्रे विभिन्न अपराधमा जेल पर्दै बाहिर निस्किदै गरेका पात्र हुन् । अहिले पनि केही मुद्दाहरु विचाराधिन छन् । यता काभ्रे १ मा अमित लामाले टिकट पाएका छन्। उनको विगत पनि सफा छैन।

आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले टिकट पाउँदै गर्दा युवा नेता योगेश भट्टराइले भने टिकट पाएका छैनन्। ताप्लेजुङमा उनको निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लागेको छैन। अध्यक्षले निर्णय गर्नेगरि होल्डमा राखिएको छ।

उता रुपन्देही २ बाट उम्मेदवार बन्दै आएका विष्णु पौडेलले पनि यो क्षेत्र छाडेर पाल्पा २ लगेपछि ठाकुर गैरेको टिकटै काटिएको छ । गोकुल बास्कोटाको काभ्रे २ पनि होल्डमा राखिएको छ। ईश्वर पोखरेल उम्मेदवार बन्दै आएको काठमाडौँ ५ र राजन भट्टराई उम्मेदवार बन्दै आएको काठमाडौं ४ पनि होल्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस