
काठमाडौं । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक सांसद बनेका सन्तोष परियार अहिले फेरि समानुपातिकतर्फबाट नै संसद प्रवेश गर्ने तयारीमा छन् ।
उनी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबाट समानुपातिक बन्दसूचीको दलितर्फ पुरुषको पहिलो नम्बरमा परेका छन् । रास्वपाका तत्कालीन केन्द्रीय सदस्य एवम तत्कालीन संसदीय दलका प्रमुख सचेतक परियार प्रलोपामा अध्यक्ष परिषद्का सदस्य हुन् ।
परियार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि रास्वपाको तत्कालीन बन्दसूचीमा दलिततर्फको पहिलो नम्बरमा समेटिएर तत्कालीन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
