Latest News

मुटुको भल्व फेरेका विरामी अस्पतालबाट जबरजस्ती डिस्चार्ज

Nepalese Times December 26, 2025 (3 Hour ago)    19 Views

काठमाडौं । अभद्र व्यवहारको झूटो मुद्धामा कास्की प्रहरीले पक्राउ गरेर हिरासतमा राखिएका व्यवसायी युवराज खतिवडाको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको भेटिएको छ ।

मुटुको अपरेशन गरि नियमित औषधी सेवन गरिरहेका खतिवडालाई नियमित उपचारका लागि कास्कीस्थित फिस्टेल अस्पतालमा राखिएको थियो ।

तर, विहिबार विहानै डिआइजी दिनेश कुमार आचार्यको निर्देशनमा जबरजस्ती डिस्चार्ज गर्नु भन्ने आदेश आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरेर वडा प्रहरी कार्यालय बैदाम हिरासतमा लगेर राखिएको छ ।

अस्पताल स्रोतका अनुसार कास्की प्रहरीका एसपी नविन कार्कीले अस्पतालका उच्च अधिकारीलाई फोन गरेर अस्पताललाई समेत कारबाही गर्ने धम्की दिएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो ।

प्रहरीले नै जबरजस्ती रुपमा डिस्चार्ज गर्न दबाब दिएपछि बिरामीलाई अस्पतालबाट पठाउनुपरेको अस्पताल स्रोतले प्रतिक्रिया दिएको छ । आफू बिरामी हुँदासमेत जबरजस्ती रुपमा अस्पतालबाट डिस्चार्ज गरेर स्वास्थ्यमाथि खेलवाडसँगै आफ्नो मानवअधिकारको गम्भीर हनन गर्ने काम भएको खतिवडाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस